झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय लोकेश कुमार माझी पक्राउ परेका छन्।
कचनकवल गाउँपालिका-३ निवासी माझीले बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको टोलीले उनलाई बुधबार राति नियन्त्रणमा लिएको हो।
पक्राउ परेका माझीलाई हिरासतमा राखी घटनाबारे थप आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: १५ आश्विन २०८३ १८:२२ बिहीबार