समाज

बाढी–पहिरोका कारण ३५ राजमार्ग अवरुद्ध

केही दिनदेखी परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न ३५ राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। 

गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन्। 

शाखाले आइतबार बिहान १० बजे अद्यावधिक गरेको विवरणअनुसार देशभर ३५ स्थानमा राजमार्ग तथा सडक अवरुद्ध छन्।  

प्रकाशित: ११ आश्विन २०८३ ११:४४ आइतबार