समाज

२४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु, मृतकको संख्या २५१ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनका १८ वर्षीया महिलासहित १२ जनाको मृत्यु भएको छ। जसमध्ये ६ जना महिला र ६ जना पुरुष रहेका छन्।

बुधबार थप १ हजार १२० जनामा संक्रमण देखिएको छ भने सक्रमणमुक्त हुनेको संख्या १ हजार ११२ रहको छ।  

देशभर अहिलेसम्म संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ। संक्रमणबाट निको हुनेको संख्या २३ हजार २९० रहेको छ।  

प्रकाशित: १७ भाद्र २०७७ १०:५७ बुधबार