जुम्लामा ३८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा जुम्लाका विभिन्न स्थानीय तहमा गरेर ३८ जना कोरोना संक्रमित थपिएका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वाब परीक्षण गरेकोमा ३८ जनालाई पोजेटिभ देखिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए।
जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा बढ्दै गईरहेको समयमा एक्कासी फेरी बढेको छ। चन्दननाथ नगरपालिकामा १६, जुम्ला कारागारका १०, नेपाल विधुत प्राधिकरणका कर्मचारी ४, तिला गाउँपालिकामा २, तातोपानी गाउँपालिकामा २, सिञ्जा गाउँपालिकाका १, पातारासी गाउँपालिकाका १, कनकासुन्दरी गाउँपालिका १, पेश नेपालका कर्मचारी एक, कृषि कार्यालयका १ जनामा संक्रमण देखिएको हो। यसैगरी कालिकोटका १९ जनामध्ये तिला गुफाँका नगरपालिका २ का धेरै जसो संक्रमण भएको अस्पताल स्रोतले जनाएको छ।
धेरै जसो जुम्लाका चन्दननाथमा स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले जुम्ला सदरमुकाम उच्च जोखिममा रहेकोले त्रास थपिएको अस्पताल निर्देशक रावल बताउँछन्।
स्थानीय प्रशासनले संक्रमण फैलिन नदिन भन्दै लामो समयदेखि निषेधाज्ञा गरेर आधा दिन खुकुलो भएको दुई दिन नपुग्दै पुनः संक्रमण बढेपछि थप त्रास फैलिएको हो। जिल्ला प्रशासन कार्यालय जुम्लाले पुनः अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।
१४ गते संकलन गरिएको स्वाबमा धेरैको पोजेटिभ देखिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा बताउँछन्। ३८ जना कोरोना संक्रमित थपिदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ११ जना, र हिमा गाउँपालिकाको आइसोलेसनमा रहेका २१ जना डिस्चार्ज भएका छन्।
संक्रमण देखिएका सबैलाई आइसोलेसनमा राख्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिए।
जुम्लामा समुदायमा संक्रमण फैलिसकेको छ, सबै नागरिक सचेत बनौ, डा. रावल भन्छन्,‘चाड, पर्व, भेला, समारोह, घुमघाम, पार्टी सबै बन्द गरौँ, बाँचियो भने भविष्यमा गरौला सबै काम जीवन छ त सबै छ। कोरोनालाई हल्का रुपमा नलिऔं, हामीलाई त केहि नहोला तर हाम्रा वृद्धवृद्धा बुवा आमा र दीर्घरोगी दाजुभाइलाई कोरोनाले निकै गारहो पार्न सक्छ। उचित ख्याल राखौँ ।’
प्रकाशित: १७ भाद्र २०७७ १०:२४ बुधबार