समाज

डोल्पामा खोलाले बगाएर एक जना बेपत्ता

चुँगाडस्थित घटनास्थल आसपासमा खोलामा बगेर बेपत्ता भएका मनजङ्ग बुढाको खोजी गर्दै स्थानीय र प्रहरी।

डोल्पामा गएराति खोलाले बगाएर एक जनालाई बेपत्ता बनाएको छ।त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीका ४२ वर्षीय मनजङ्ग बुढा खोलाले बगाएर बेपत्ता भएका हुन। त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ्गबाट भैसी खरिद गरेर घरतर्फ ल्याउदै गर्दा चुँगाड खोलामा भैसी तार्न खोन्दा बगेर बेपत्ता भएको त्रिपुराकोट प्रहरी चौकी इन्चार्ज तेजबहादुर रानाले बताए। 

शुक्रवार राती १२ बजेदेखि १ बजेसम्म र शनिबार विहानभर स्थानीयबासी र प्रहरीसमेत परिचालन गरि घटनास्थल आसपास क्षेत्रमा समेत खोजी गर्दा समेत फेला नपरेको रानाले बताए।खोलाले बगाएर ठुलीभेरीसंग मिसाएकाले बर्खेभेलले गर्दा खोजी गर्न र उनको शब फेला पार्न समस्या भएको छ।

प्रकाशित: १३ भाद्र २०७७ १०:३७ शनिबार