रौतहटको हनुमान मन्दिरका पुजारीका हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन भएको छ। माधव नारायण नगरपालिका २ मा गत बुधबार राति हत्या भएका पुजारी श्रीराम साहका हत्यालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्रदर्शन गरेको हो। उनीहरुले कमलादी गणेशथान मन्दिरमा भेला भएर हत्यारालाई कारबाही गर्न माग प्रदर्शन गरेका हुन्। खाना खाइरहेको अवस्थामा साधुलाई कन्चटमा गोली प्रहार गरी हत्या गरिएको थियो।
प्रकाशित: १२ भाद्र २०७७ ०८:१२ शुक्रबार