समाज

कैद सजाय तोकिएका व्यक्ति सात वर्षपछि पक्राउ

अहपरण तथा शरीर बन्धक मुद्दा

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय तोकिएका एक जनालाई सात वर्षपछि सुनसरी प्रहरीले पक्राउ गरेको छ। साविक नरसिंह वडा नं. ४ (हालको भोक्राहा नरसिंह) का ३७ वर्षे बुदर भन्ने विदुर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

यादवसहितको समूहले २०६५ चैत २० गते रातको ११ः४५ बजे इनरुवा वडा नं. ३ का  ५८ वर्षे खिलानाथ ढकाललाई अपहरण गरी शरीर बन्धक बनाएएर राखेका थिए । बाबुलाई अपहरण गरि शरीर बन्धक बनाएर राखेकोमा खिलानाथका छोरा राजुले जाहेरी दिएर उक्त मुद्धा अनुसन्धान पश्चात सुनसरी जिल्ला अदालत इनरुवामा दर्ता भएर ११ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवानाको फैसला  गरिएको थियो ।  

अदालतले २०७० असोज ६ गते गरेको फैसला अनुसार पक्राउ परेका यादवलाई  सोझै अदालतमा बुझाइएको थियो । त्यसपछि अदालतकै आदेशमा कैद भुक्तानका लागि झुम्का कारागार पठाएको जानकारी दिइयो ।

प्रकाशित: ८ भाद्र २०७७ १२:२८ सोमबार