समाज

थप ६३४ जनामा कोरोना संक्रमण

नेपालमा शनिबार थप  ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ५१९ जनाको पीसीआर परीक्षणमा ६३४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३१ हजार ११७ पुगेको छ। साथै पछिल्लो २४ घण्टामा१३६ जना डिस्चार्ज भएका छन्। शनिबारमात्र ९ जनाको मृत्यु भएको छ। 

प्रकाशित: ६ भाद्र २०७७ १०:४९ शनिबार

कोरोना संक्रमण