समाज

दोलखाको गौरीशंकरमा सुत्केरी र बालिकामा देखियो कोरोना

समुदायमै कोरोना भाईरस फैलिएको दोलखाको गौरीशंकर गाउँपालिकामा बालिकादेखि  सुत्केरी सम्मलाई  संक्रमण भेटिएको छ। गाउँबाट पठाईएका १ सय ७६ जनाको स्वाब मध्ये शुक्रबार १ सय ४१ जनाको परिक्षण रिपोर्ट आउँदा ४ जनामा संक्रमण देखिएको हो। यस अघि गाउँपालिकामा ७ जना संक्रमित फेला परिसकेका छन्।  

शुक्रबार फेला परेका संक्रमीत मध्ये एक जना १३ बर्षिया बालिका छिन्। उनी स्थानीय एक बिद्यालयमा पढ्ने छात्रा हुन्। यस्तै अर्की एक सुत्केरीलाई समेत संक्रमण देखिएको छ। अन्दाजी २३÷२४ बर्षकी उनी लामो समयदेखि घरमै थिईन्। उनका श्रीमानले समेत स्वाब दिएका थिए। श्रीमानको नेगेटिभ आएपनि उनको पोजिटिभ आएका कारण ती सुत्केरी महिलालाई काहाँबाट संक्रमण स¥यो भनेर खोजी गर्न कठिन भईरहेको स्थानीयले बताएका छन्।  

शुक्रबार भेटिएका संक्रमित मध्ये स्वास फेर्न गाह्रो भएका कारण स्थानीय एक विद्यालयका शिक्षकलाई थप उपचाररका लागि धुलिखेल पठाईएको छ। उनमा लक्षण देखिएका कारण धुलिखेल पठाईएको जिल्ला प्रशासन कार्यालयले बताएको छ। शुक्रबार नै फेला परेका चार मध्ये अर्का एक जना युवा छन्।  

शुक्रबार फेला परेकाहरु समेत फरक फरक पृष्ठभुमीका रहेका कारण उनिहरुको सम्पर्कमा आएकाहरुको खोजी गर्न कठिन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार खड्काले जानकारी दिए। ‘कस कसलाई काहाँ काहाँ बाट स¥यो भनेर खोजविन गर्नै गाह्रो भईरहेको छ’ उनले भने – ‘तर पनि सबै संयन्त्रहरु प्रयोग गरेर थप कन्ट्रयाक्ट ट्रेसिङको काम अगाडि बढाउछौं’।  

यसै बिच गाउँपालिकाले गाउँमा आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। शनिबार बिहान पालिकाका अध्यक्ष स्वयंबहादुर खड्का, उपाध्यक्ष उर्मिला थामीसहित उपस्थित पदाधिकारी र कर्मचारीहरुको बैठकले संक्रमण नियन्त्रणमा लिन गाउँपालिकाका सबै वडाहरु सिल गर्ने निर्णय गरेको हो। ‘सबै वडा र बस्ती सम्मै सिल गर्ने र आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ’ उनले भने – ‘पालिका र वडाका अरु सेवा बन्द गरेर सबै शक्ती र सामथ्र्य संक्रमण नियन्त्रणमा लगाउर्दछौं’। उनले जिल्ला स्तरिय संकट व्यवस्थापन समिति संग समन्वय गरेर संक्रमीतहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिचान गरिने र स्वाब लिने काम छिट्टै अगाडि बढाईने सुनाए। यस अघि फेला परेका ७ जना संक्रमितहरु गाउँमै क्वारेन्टिनमा बसिरहेका छन्। शुुक्रबार भेटिएका तिन जना समेत गाउँमै रहेको र जिल्ला स्तरिय समिति संग समन्वय गरेर गाउँमै राख्ने वा सदरमुकाम चरिकोट पठाउने भन्ने निर्णय लिईने खड्काले सुनाए।  

प्रकाशित: ६ भाद्र २०७७ ०७:१८ शनिबार