समाज

अवैध सामान बरामद

भारतबाट नेपाल भित्र्याई रहेको अवस्थामा प्रहरीले शुक्रबार अवैध सामान बरामद गरेको छ।

गुलरिया नगरपालिका वडा नं ६ बस्ने वर्ष २० का सलिम खान र वडा नं ८ बस्ने वर्ष ३२ का लक्ष्मी नारायण बानियाले भन्सार छलि ल्याउदै गरेको अवस्थामा अवैध सामान बरामद गरेको हो। बरामद सामानसहित दुई जनालाई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय बुझाएको एसपि केदार रजौरेले बताए।

उनका अनुसार भन्सार छलेर ल्याएको अवैध कपडासहित दुई जनालाई भन्सार बुझाइएको छ।

प्रकाशित: ५ भाद्र २०७७ ११:११ शुक्रबार