समाज

नेपालमा शुक्रबार थपिए ८३८ जना कोरोना संक्रमित

नेपालमा शुक्रबार थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५७९ जनाको पीसीआर परीक्षणमा २९२ महिला र ५४६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३० हजार ४८३ पुगेको छ।

प्रकाशित: ५ भाद्र २०७७ १०:४८ शुक्रबार