समाज

गोंगबुको एक घरबाट ३ करोड बरामद, एक जना पक्राउ

फाइल तस्बिर

प्रहरीले गोंगबु टाउन प्लानिङमा रहेको एउटा घरबाट तीन करोड नगद बरामद गरेको छ । एक जनालाई नियन्त्रणमा लिएको छ ।  

उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले छापामारी ठुलो परिमाणमा अवैध रकम बरामद गरेको हो । प्रहरी टोलीले उक्त घरबाट सुनका गहना पनि ठुलो परिमाणमा बरामद गरेको छ ।  

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले गोरखा घर भएका विनोद श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु बताए । 

प्रकाशित: १७ भाद्र २०८२ १६:४४ मंगलबार