समाज

अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तु शिवराज नगरपालिका –०२ बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो।

अटोको ठक्करबाट टाउको र अनुहारमा चोट लागेका बालकको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो।

उपचारका क्रममा लुम्बिनी सिटी अस्पताल, बुटवलमा पुगेका बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले अटो र चालक ३४ वर्षीया रुपा वि.क.लाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १९ भाद्र २०८३ १६:५१ शुक्रबार