समाज

ट्रकले किच्दा ३ जनाको मृत्यु

तौलिहवा बहादुरगंज सडक अन्र्गत महाराजगंज नगरपालिका वडा नम्बर २ गैडहवा चोक नजिकै ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ। 

बहादुरगंजबाट तौलिहवा तर्फ जादै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले पदैलयात्री र साईकलयात्रीलाई ठक्कर दिदा एक बालक सहीत ३ नजाको मृत्यु भएको हो। बुधवार बिहान सवा सात बजेतिर तीब्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले किच्दा स्थानीय १२ बर्षिय आनन्द कस्यप, महाराजगंज नगरपालिका ३ का ७५ बर्षिय भोलई कुर्मी र ४५ बर्षिय बिजय कुमार गुप्ताको मृत्यु भएको प्रहरी श्रोतले जानकारी गराएको छ। 

गंभीर घाईते भएका ३ जनालाई उपचारकालागि कपिलवस्तु अस्पताल लगिएकोमा ३ जनालाई डाक्टरले मृत घोषणा गरेका थिए । ३ जनाको शव अस्पतालमा रािखएको छ। घटनाको बिरोधमा स्थानीयबासीले बाटो बन्द गरेका  छन।

 घटना स्थलमा ठुलो संख्यामा प्रहरी परिचाल गरिएको छ । ट्रक सहीत चालक प्रहरी निय्रन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए। उनले २ जनाको मृत्यु भएको र एक जना गंभीर घाईते भएको आफुलाई जानकारी आएको बताए । घटनाको बिस्तृत बिवरण आउन बाकी रहेको उनले बताए। 

प्रकाशित: १३ श्रावण २०८३ १०:०८ बुधबार