समाज

इटहरी उपमहानगरपालिकका एक कर्मचारीमा कोरोना पुष्टि

स्वास्थ्यबाहेक अन्य सेवा बन्द

इटहरी उपमहानगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यबाहेक अन्य सेवा बन्द गरिएको छ। उपमहानगरपालिकाको योजना फाटमा कार्यरत इन्जिनियरमा कोरोना पोजेटिभ भेटिएपछि आज बिहान बसेको बैठकले उपमहानगरपालिकबाट प्रवाह हुने स्वास्थ्यबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो। इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. ६ का अध्यक्ष समुदायमा कोरोना देखिएको कारण स्वास्थ्यबाहेक अन्य सेवा बन्द गरिएको बताए।

‘कोरोना संक्रमतिको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरेर रिपोट नआउन्जेलसम्मका लागि उपमहानगरपालिकाको स्वास्थ्य सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘समुदायस्तरमा कोरोना संक्रमण फैलिन नदिने उपाय अप्नाउन पनि आह्वान गरिएको छ।’ समूदायमा कोरोना संक्रमण फैलिन नदनका लागि माइकिङ् गर्ने, हाट–बजार बन्द गर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, सामाजिक दुरी कायम गर्नुलगायतका कुरा पालना गर्न सुल्झाइएको इटहरी अस्पतालका रामकुमार धमलाले बताए। इटहरीमा बजार भने खुल्ला नै रहनेछ। उपमहानगरपालिकाबाहेक अन्यत्रबाट हुने सम्पूर्ण सेवा पनि सुचारु हुनेछन्।

प्रकाशित: १५ श्रावण २०७७ ०५:०४ बिहीबार