समाज

कर्णालीमा उर्लियो बाढी, उच्च सतर्कता अपनाउन ‘अलर्ट’

फाइल तस्बिर : कर्णाली नदी

कर्णाली नदीमा बाढी उर्लिएपछि बर्दिया जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।  

प्रशासन कार्यालयअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बुधबार बिहान सूचना जारी गर्दै कर्णाली नदीको चिसापानीस्थित बाढी मापन केन्द्रमा बिहान ९ः२० बजेसम्म नदीमा जलसतहले सतर्कता तह पार गरिसकेको जानकारी गराएका हुन् ।  

विपद् व्यवस्थापन समितिका अनुसार सतर्कता तह १० मिटर हो भने चेतावनी तह १०.८ मिटर हो । बाढी बढे क्रममा रहेकाले साँझसम्म कर्णालीसहित यसका सहायक नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई साँझ उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।  

प्रकाशित: १४ श्रावण २०७७ ०८:३४ बुधबार

सतर्कता