समाज

कीर्तिपुर घटनाको विरोधमा प्रदर्शन गर्ने २६ जना पक्राउ (नामसहित)

काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट जेनजी अभियान्ता माजिद अन्सारीसहितलाई पक्राउ गरिएको विरोधमा विराटनगरमा प्रदर्शनमा उत्रिएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कीर्तिपुरमा सुकुम्बासीहरू राखिएको होल्डिङ सेन्टर शुक्रबार रातिको वर्षाका कारण डुबानमा परेको थियो। त्यहाँका सुकुम्बासीलाई सहयोग गर्न पुगेका अन्सारीसहितका युवालाई प्रहरीले पक्राउ गरेको थियो। त्यस क्रममा प्रहरीले कुटपिट गर्दा अन्सारी घाइते भएका थिए। सोही घटनाको विरोधमा शनिबार राति साढे ९ बजे विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयको मूलगेटअगाडि युवाहरू धर्नामा बसेका थिए।

प्रहरीले पटकपटक सम्झाइबुझाइ गर्दा पनि प्रदर्शनकारीले अटेर गर्दै प्रहरीको काम कारबाहीमा अवरोध पुर्‍याएको र सवारी आवागमन ठप्प पारेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्

प्रहरी कुटपिटमा घाइते जेनजी अभियन्ता माजिद अन्सारी शिक्षण अस्पताल रिफर

पक्राउ पर्नेमा जि.सप्तरी राजविराजका अमरेश माली र कृष्ण यादव छन्। त्यसैगरी मोरङका मो.दिल, रोहित सहनी, मोहमद अफरोज, अंकित राजवंशी, आसिफ उमर, चाँद चाहिद, अफताव शेख, अरमान शेख, दिपेश कुमार राय, रिहान शेख, मेहबुच आलम, सारुखान शर्मा, मो.तौफिक उमर, आसिफ शेख, सचिन कुमार मण्डल, मो.जम्सेद आलम, अस्लम समी, प्रियान्स कुमार कर्ण, फरन खान, अमिर जमाली, मो.सिन आलम, अन्जर खान र सकी आलम छन्।

 नियन्त्रणमा लिइएका २६ जनालाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ असार २०८३ ०७:४० आइतबार