समाज

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा एक करोड, नुवाकोट जिल्लालाई एक करोड र धादिङ जिल्लालाई ५० लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए।

त्यसैगरी, बाढीपीडितको उद्धारका लागि हालसम्म ३७ वटा हवाइ उडान भएको छ भने हेलीबाट हालसम्म ३०५ जनाको उद्धार भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए। 

प्रकाशित: ११ भाद्र २०८३ १३:५६ बिहीबार