भक्तपुरको नासमनास्थित मुख्य बजारको बाटोमै रहेको ऐतिहासिक निर्माण सम्पन्न भजन घरको मर्मत सुधार गरिदिने भएको छ। एक करोड २५ लाखको लागत इष्टमेटमा निर्माण सम्पन्न ऐतिहासिक भजन घरको हस्तान्तरण नहुँदै विग्रेको समाचार प्रकाशित नागरिकमा प्रकाशित प्रसारित भएपछि ठेकेदारले चासो राखी मर्मत गरिदिने बताएका हुन्।
जेठ २९ गते बिहीबार नागरिक दैनिकको न्युजपोर्टल नागरिक न्यूज अनलाइनमा ‘हस्तान्तरण नहुँंदै पानी चुहियो करोड वढी लागतमा बनेको सम्पदामा’ समाचार प्रकाशित प्रशारित भएको थियो।
यो पनि पढ्नुहोस्
हस्तान्तरण नहुँंदै पानी चुहियो करोड बढी लागतमा बनेको सम्पदामा
स्थानीयस्तरबाट हेरचाहका लागि गठित समितिका अध्यक्ष डा इन्दुल केसीका अनुसार समाचार प्रकाशित प्रसारित भएकै दिन ठेकेदारले टेलिफोनमार्फत समाचारमा उल्लेख भएको विषयमा कुरा गरी आफूले बनाइदिने वचन दिएको बताए। ‘त्यसको भोलिपल्ट अर्थात् शुक्रबार टोली नै आएर अवलोकन पनि गरे, उनले भने, बनाइदिने बचन भएको छ, आशा गरौं अव बन्छ।
भजन घरको स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय भक्तपुरले ठेक्कामा पुननिर्माण गर्न लगाएको हो। निर्माण सम्पन्न भएको भजन घरको छानाबाट पानी चुहिने, भ¥याङ नमिलेको र भुईतल्लाको दुई वटा पसलमा सिमेन्टको प्रयोग गर्न नपाइने भए पनि सिमेन्ट प्रयोग गरी प्लाष्टर गरेर बनाएको’ गरी तीन वटा समस्या थिए। यही कारण निर्माण सम्पन्न भए पनि हस्तान्तरणको काम हुन पाएको छैन।
प्रकाशित: ३२ जेष्ठ २०७७ १०:५५ आइतबार