प्रहरीले लागूऔषध सहित विभिन्न जिल्लाबाट २३ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भेरी कर्णाली गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ रजेना बस्ने २५ वर्षीय करण राज अधिकारी र सोही नगरपालिका-११ बस्ने २५ वर्षीय मिन बहादुर रोकाय रहेका छन्। प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका-९ रातोपुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-९ गाईघाट घर भएका २५ वर्षीय मनोज कार्की र काठमाडौं मैतीदेवी बस्ने रामेछाप मन्थली नगरपालिका-४ घर भएका २२ वर्षीय अजय रेग्मी मगर रहेका छन्। प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.५४ प ९३४९ नम्बरको स्कुटर समेत बरामद गरेको छ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२ स्थित एक होटलबाट अवैध लागूऔषध खेरो हेरोइन ८ सय ८ ग्राम सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच घर भएका २१ वर्षीय रिजवान अहमद इदरीशी, २६ वर्षीय रफत खान र १८ वर्षीय किशोर रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ३२ एफएच २६७९ नम्बरको स्कुटर समेत बरामद गरेको छ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुना चेक पोष्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-३ बस्ने २३ वर्षीय बिरेन्द्र केसीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका-१७ घारिपाटनबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, फेनारगन १० एम्पुल र डाईजेपाम १० एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया मिना मल्ल र सोही महानगरपालिका-१७ बिरौटा बस्ने २५ वर्षीय सवन गुरूङ रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
दाङ, घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने २२ वर्षीय सुरेश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका-१६ मुस्कानचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३५ वर्षीय निकेश रितेश तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ बसपार्क नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ५ सय ट्याब्लेट, नाइट्राजेपाम ८ सय ५० ट्याब्लेट, डाईजेपाम १ हजार ४ सय ५० एम्पुल र प्रोमेथाजाइन ९ सय ९० एम्पुल सहित महोत्तरी पिपरा गाउँपालिका-५ सहोरबा बस्ने ४३ वर्षीय बिजय कुमार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ ज.उ.म.न.पा.१ ख ०१०८८ नम्बरको अटोमा सवार व्यक्तिहरू भागी फरार भएपश्चात अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक बिजय कुमारलाई पक्राउ गरेको हो।
भक्तपुर, भक्तपुर नगरपालिका-१० स्थित कालिका डेरी नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २१ वर्षीय राजिब नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
बर्दिया, बढैयाताल गाउँपालिका-७ पडरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ६० मिलिग्राम सहित सोही गाउँपालिका-३ सिमरा बस्ने २१ वर्षीय राजेश चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१२ ओदालीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय गगन जैशी समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २५ वर्षीय सुधिर शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-४ पिपलटोल बस्ने ३३ वर्षीय अनित राईसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले अनितलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित पक्राउ गरेको छ।
सिराहा, सिरहा नगरपालिका-१४ खिरौनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित मिर्चैया नगरपालिका-११ गदहवा टोल बस्ने २४ वर्षीय मुकेश कुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले स. ६ प ३८०१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुर्खेत, भेरीगंगा नगरपालिका-५ बबई पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो दिखिने पदार्थ ८ ग्राम ७ सय ७० मिलिग्राम सहित वीरेन्द्रनगर नगरपालिका-८ बस्ने ३० वर्षीय सन्तोष क्षेत्री समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी बिट बबईबाट खटिएको प्रहरीले कर्णाली प्रदेश ०१-००२ ज ०८६१ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
प्रकाशित: १४ आश्विन २०८३ १५:४० बुधबार