सशस्त्र प्रहरी पर्साले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साबाट खटिएको विशेष टोलीले विन्दवासिनी गाउँपालिका ५ बटसौरामा परालको कुन्यूभित्र लुकाई छिपाई राखेको दुई सय १३ किलो गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा नेपालबाट भारततर्फ तस्करीको लागि परालको कुन्यूमा २० वटा पोका बनाएर लुकाइ राखेको अवस्थामा १३ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्लको कमान्डमा खटिएको टोलीले गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: १० मंसिर २०८२ १०:३३ बुधबार