समाज

बस दुर्घटनामा २० जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस आज मध्यविन्दु -८ खजुरी खोलामा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा घाइते भएका सबैको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार हुँदै छ।

प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो। बस अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८२ १२:१३ शुक्रबार