समाज

एक सातादेखि बन्द तातोपानी नाका भोलिदेखि खुल्ने

फाइल फोटाे

काठमाडौं– सडक भत्किएकाले बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ। चीनको रमितेमा सडक भत्किएको भन्दै गत शुक्रबारदेखि तातोपानी नाकाबाट कन्टेनर आवतजावत बन्द गरिएको थियो।

चिनियाँ पक्षले सडक मर्मत सकिएको र अब नाका सुचारु हुने जानकारी दिएको अध्यागमन कार्यालय तातोपानीका प्रमुख रामचन्द्र काफ्लेले नागरिक न्यूजलाई जानकारी दिए। 

चाडपर्वको मुखमा नाका बन्द हुँदा दसैंको सामान ल्याउन ढिलाई भएको थियो। 

प्रकाशित: ९ आश्विन २०७६ ०९:४७ बिहीबार

ताताेपानी_नाका