समाज

नवलपरासी कारागारमा १९ कैदी फर्किए

नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन्।

बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका कारागारका जेलर श्रेष्ठले बताए। 'केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किँदै छौँ भनेर जानकारी गराएका छन्,' उनले भने।

कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरू आउन ढिलाइ भएको जेलर श्रेष्ठले भने। बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए। नवलपरासी कारागारमा कुल ५७५ कैदी थिए। रासस

प्रकाशित: २७ भाद्र २०८२ १२:४५ शुक्रबार