समाज

मंगलबारका लागि तय भएका १८ अन्तर्राष्ट्रिय उडान रद्द

आज (मंगलबार)का लागि तय भएका १८ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (मंगलबार)का लागि तय भएका कुवेत-काठमाडौं-कुवेत, दुबई-काठमाडौं-दुबई, काठमाडौं-दोहा- काठमाडौं, काठमाडौं-दमाम-काठमाडौंका लागि तय भएका उडान रद्द भएका त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 

कार्यालयका प्रवक्ता सन्तुष्टकुमार विष्टका अनुसार जजीरा एयरवेज र फ्लाइ दुबईका दुई-दुई, हिमालय एयरलाइन्स र कुवेत एयरवेजमा चार-चार तथा नेपाल एयरलाइन्सका ६ गरि १८ अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन्। 

एउटा उडानमा २५० देखि ३०० सय जनासम्मले टिकट बुकिङ गर्ने गरेका कार्यालयको तथ्याङ्क छ।

मध्यपूर्वमा चलेको द्धन्द्धका कारण भएको हवाई उडान प्रतिबन्धका कारण लामो समयदेखि उडान रद्द हुँदा सर्वसाधरण भने मर्कामा परेका छन्। विमानस्थल कार्यालयले उडानको पुन:तालिका वा रद्द हुने सक्ने भन्दै आफ्नो उडानबारे निश्चित भएर मात्रा घरबाट निस्कन अनुरोध गरेको छ। 

प्रकाशित: १७ चैत्र २०८२ १९:३२ मंगलबार