समाज

मलेसियाको मेडिकल टुङ्गिसकेको छैन, हल्लाका पछि नलागौंः मन्त्रालय

काठमाडाैं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको स्वास्थ्य परीक्षणसँग जोडेर भएका प्रचारप्रसारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै त्यस्ता हल्लाको पछि नलाग्न सचेत गराएको छ।

नेपाल सरकार र मलेसिया सरकारबीच गत कार्तिक १२ गते श्रम समझदारी भएको थियो। सोही समझदारीपत्रको प्रावधान बमोजिम संयुक्त कार्य समूहको वैठक सोही दिन बसी कामदार पठाउने प्रकृयाका विषयमा छलफल र सहमति समेत भएको थियो। शुक्रबार मन्त्रालयद्वारा जारी विज्ञप्तीमा मलेसिया सरकारसंग भएको सम्झौता बमोजिम स्वास्थ्य जाँच गर्ने संस्थाहरुको छनौट प्रकृया नटुंगीएको भन्दै यस विषयलाई लिएर भएका प्रचारप्रसारबाट भ्रममा नपर्न आग्रह गरिएको छ।

प्रकाशित: २७ वैशाख २०७६ १०:३९ शुक्रबार

श्रम_रोजगार_तथा_सामाजिक_सुरक्षा_मन्त्रालय स्वास्थ्य_परीक्षण मलेसिया