समाज

युवाको ऊर्जा विकासमा खर्चिनुपर्छ : अभिनेता हमाल

भवन उद्घाटन गर्दै महानायक राजेश हमाल ।

बाजुरा - नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले युवालाई समृद्धको प्रमुख श्रोतका रुपमा व्याख्या गरेका छन्। बालस्याहार गृहको उद्घाटनका लागि बाजुरा पुगेका हमालले युवाको ऊर्जा विकासमा खर्चिनु पर्ने बताएका छन् ।

हमालले कान्छो अभियान्ता केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहार गृहप्रति लक्षित गर्दै खनाल सबैको प्रेरणाको भएका बताएका छन्। उनले बाल स्याहार गृहको साँचो कन्सन बाजुरालाई हस्तान्तरण गरेका छन्। भवनको औपचारिक उद्घाटन गरेका थिए।

बहुसंख्यक युवाहरुमा प्रतिभा भए पनि अवसर नपाएर शत्ति खेर गएको उनले बताए। ‘अवसरको कमी छ, राज्यले त्यसको ग्यारेन्टी गर्न सके युवा शक्तिलाई समृद्धिका लागि प्रयोग गर्न सकिन्छ। बाजागाजासहित भव्य स्वागत र न्यानो आतिथ्यता पाएका हमालले बाजुरालीसँग चलचित्रको पर्दासँगको सम्बन्ध औपचारिक भेटमा परिणत भएकोमा खुसी व्यक्त गरे ।
 
 

प्रकाशित: २५ वैशाख २०७६ १४:५० बुधबार

राजेश_हमाल युवाको_ऊर्जा_विकासमा अनाथ_बालबालिका