सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ।
बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन्। जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरूका घरमै सेवा प्रदान गरिएको छ। उनले भने, ‘बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छौँ।’
जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ। नौ वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको उनले जानकारी दिए। दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयले नै सेवाप्रवाह गरिरहेको छ।
प्रकाशित: २३ श्रावण २०८३ १३:५९ शनिबार