समाज

बसुन्धरामा सकेट बम फेला, ४ जना पक्राउ

काठमाडौं– काठमाडौंको बसुन्धरामा सकेट बम फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बसुन्धरास्थित ओसिस क्याफे नजिकैको कल्चरल सेन्टरको कार्यालयमा सोफामुनी सकेट बम फेला परेको हो।

बम डिस्पोज गर्न नेपाली सेनाको टोली अहिले त्यहाँ पुगेको काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। ‘सकेट बम फेला परेको हो। डिस्पोजको प्रयास भइरहेको छ’, उनले भने। 

उनका अनुसार बम फेला परेपछि प्रहरीले कल्चरल सेन्टरका सञ्चालक सहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। घटनास्थल घरको माथिल्लो तलामा कल्चरल सेन्टर छ। तल फर्निचर अफिस छ। 

प्रकाशित: २५ चैत्र २०७५ ०९:२३ सोमबार

सकेट_बम बसुन्धरा पक्राउ बम_डिस्पोज