समाज

फेवातालमा मृत भेटिए विद्यार्थी

काठमाडाैँ - गण्डकी मेडिकल कलेजमा अध्ययनरत पाँचौ ब्याचका एमबीबीएस एक विद्यार्थी फेवातालमा मृत अवस्थामा भेटिएका छन्। उक्त कलेजमा अध्यनरत विद्यार्थी शिशिर केसी पामेस्थित फेवातालमा मृत भेटिएका हुन।

बैदाम प्रहरी कार्यालयका डीएसपी कोमल शाहले शनिबार बिहान साढे १० बजेतिर केसीकाे शव फेवातालमा बरामद भएकाे बताए। प्रहरीका अनुसार म्याग्दी स्थायी घर भएका केसी अध्ययनका लागि पोखराको रत्नचोक बस्दै आएका थिए। केसीको शव पोस्टमार्टमको लागि गण्डकी हस्पिटल लगिएको छ।

प्रकाशित: २ चैत्र २०७५ ०९:२८ शनिबार

गण्डकी_मेडिकल_कलेज एमबीबीएस विद्यार्थी फेवाताल