समाज

मानवअधिकार वर्ष पुस्तक सार्वजनिक

काठमाडौं – विगतका वर्षमा जस्तै इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०१९ सार्वजनिक गरेको छ। इन्सेकले प्रजातन्त्र दिवस अवसर पारी मंगलबार सातै प्रदेशबाट एकैसाथ वर्ष पुस्तक सार्वजनिक गरेको हो।

प्रदेश ३ मा पर्ने काठमाडौंमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले २७औं वर्ष पुस्तक सार्वजनिक गरे। इन्सेकले सन् १९९२ देखि सबै जिल्लाको मानवअधिकार अवस्था अभिलेखकीकरण गर्दै वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ।

सन् २०१८ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट ५ हजार ११० जना पीडित भएको पुस्तकमा उल्लेख छ। मानवअधिकार आयोगका अध्यक्ष शर्माले समग्रमा मानवअधिकार उल्लंघनका घटना कम देखिएको पनि अन्य हिंसाका घटना वृद्धि भएको बताए।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:२८ बुधबार

इन्सेक नेपाल_मानवअधिकार_वर्ष_पुस्तक प्रजातन्त्र_दिवस