समाज

साउन यता १७ गैंडा मरे

चालु आर्थिक वर्षमा १७ गैंडा मरेका छन्। तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन्। यस आर्थिक वर्षमा गैंडासहित ५७ वन्यजन्तु मरेका छन्। साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस आर्थिक वर्षमा बाघ ४ , हात्ती ३र १८ चित्तल मरेका छन्। चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही  २/२, अजिङ्गर, सुन गोहोरो १/१  र अन्य वन्यजन्तु ४ मरेका छन्। ती वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन्।

ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेर लगायत कारण मरेका हुन्। यस आर्थिक वर्षमा सचेतनासँगै सामाजिक रूपमा जागेको भावनाका कारण चोरी शिकारीको निशानाबाट वन्यजन्तु जोगाउन सकिएको उनले बताए। समुदाय स्तरमा संरक्षणको चेतना बढेसँगै वन्यजन्तुको चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको उनले बताए। गत आर्थिक वर्षमा ८१ वन्यजन्तु मरेका थिए।  

प्रकाशित: ९ चैत्र २०८२ ११:१७ सोमबार