कञ्चनपुरमा एउटा कुकुरले एकैदिनमा १७ जनालाई टोकेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका-४ स्थित बजारका विभिन्न स्थानमा एउटै कुकुरले १७ जनालाई टोकेको हो।
प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले उनीहरुको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भएको जानकारी दिए।
उक्त कुकुरलाई नियन्त्रणमा लिएर भेटिनरी अस्पतालमा बुझाइएको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: १ चैत्र २०८२ १९:०७ आइतबार