समाज

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौं– मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ। उडान प्रभावित हुँदा यात्रु अलपत्र परेका छन्।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार जाडो मौसममा भिजिबिलिटी कम भएकाले उडान प्रभावित भएको हो। क्षेत्रीले वैकल्पिक विमानस्थल प्रयोग गर्न यात्रुलाई सुझाव दिएका छन्। 

त्रिभुवन विमानस्थलबाट सबैभन्दा बढी लुक्लामा उडान हुने गर्छ। यहाँ दैनिक एक सय उडान हुने गरेका छन्। महाप्रबन्धक क्षेत्रीले लुक्का जाने यात्रुलाई रामेछापको विमानस्थलबाट जहाज चढेर यात्रा गर्न सुझाएका छन्। 

उनले कमजोर भिजिबिलिटीका कारण उडान नियमित हुन अझै केही घण्टा लाग्ने बताए। 

प्रकाशित: ४ मंसिर २०७५ ०५:३२ मंगलबार

त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल उडान भिजिबिलिटी