समाज

सिन्धुलीमा एकै घरका १६ जना सम्पर्कविहीन

सिन्धुलीमा एकै घरका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पर्ने एकै घरका १६ जना सम्पर्कविहीन भएको स्थानीयले बताएका हुन्।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकको एक हायु परिवार नै सम्पर्कविहीन भएको स्थानीयले जनाएका छन् । गोलान्जोर गाउँपालिका वडा न: ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी  भन्ने स्थानमा बसोबास  गर्ने उर्मिला हायुको  १६ जना  परिवार  सम्पर्क बिहिन भएको वडा अध्यक्ष रबिन श्रेष्ठले जानकारी दिए ।

घरमा केही  हल्का क्षति भएको  छ बाख्रा ,कुखुरा, भैसी अलपत्र अवस्थामा रहेको र सम्पूर्ण परिवार हराएको  हुँदा खोजी कार्य जारी छ उनले भने ।  वडा अध्यक्ष श्रेष्ठका अनुसार उक्त घरबाट अरु घर पुग्न १५ मिनेट बढीको दुरीमा छ एकान्तमा भएकाले कहिले देखि घर अलपत्र छाडेर कहाँ गए केही पत्तो छैन ।

घर भन्दा केही माथि गोठ छ त्यो गोठमा बाधेको भैसीलाइ घाँस हाल्न घरका नगएको नै ३ दिन भएको रहेछ उनले भने। १६ जना सम्पर्क बिहिन भएको प्रहरीलाई जानकारी आएपछि प्रहरी पुगेको छ।

प्रहरीले खोजी कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वाज सुबेदीले जानकारी दिए।  केही दिन अगाडि हायुको भत्ता लिएका रहेछन् कतै घुम्न गएका पनि हुन सक्छन् हामी मोबाइलको लोकेसन हेर्दै छौ उनले भने।

प्रकाशित: १२ श्रावण २०८२ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App