कम्बोडियामा गैरकानुनी काम गरिरहेका १६ जना नेपालीको उद्धार गरिएको छ।
मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेर त्यहाँको अवैध स्क्यामिङ केन्द्र, क्यासिनोहरूमा गैरकानुनी काम गरिरहेका १६ जना नेपालीको उद्धार गरिएको थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले सूचना जारी गरेर कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघको सहयोगमा उनीहरूलाई बिहीबार नेपाल फर्काएको जनाएको छ।
दूतावासले अलपत्र परेका वा कठिन परिस्थितमा रहेका अन्य नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको पनि जनाएको छ।
‘कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी यस राजदूतावासलाई प्राप्त भएको छ,’ दूतावासले उल्लेख गरेको छ।
कम्पनीले राहदानी लिएर नदिएका नागरिकको उद्दारमा दूतावासले सहयोग गर्ने भएकाले सम्पर्क गर्न पनि अनुरोध दूतावासले सूचनामार्फत अनुरोध गरेको छ।

प्रकाशित: २८ फाल्गुन २०८२ १८:१० बिहीबार



