समाज

पहिरोको जोखिम बढेपछि १६ घरपरिवार सुरक्षित स्थानमा सारिए

मकवानपुरको बकैया गाउँपालिका-६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा पहिरोको जोखिम बढेपछि करिब १५/१६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस्ती रहेको भिरालो जमिनबाट डङ-डङ आवाज आउनुका साथै जमिनको केही भाग सरेको र कतैकतै चिरा परेको थियो।

जोखिमबारे स्थानीयलाई जानकारी गराई सूचना प्रवाह गरेपछि करिब १५/१६ घरपरिवार सोही स्थानको सुरक्षित क्षेत्रमा स्थानान्तरण भएका छन्।

प्रकाशित: १२ आश्विन २०८३ ०९:३१ सोमबार