समाज

उदयपुरमा जिप दुर्घटना हुँदा १५ जना घाइते

उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिपको ब्रेक फेल भएपछि सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरलिे जनाएको छ।

दुर्घटनामा जिप चालकसहित १५ जना घाइते भएका छन्। घाइते हुनेमा जिप चालक उदयपुरको कटारी नगरपालिका–११ निवासी २९ वर्षीय निर्पबहादुर खड्का,

३७  वर्षीय  मेनुका मगर (भुजेल), १४ वर्षीय रेहान भुजेल, ७ वर्षीय प्रिन्सिका भुजेल, १६ वर्षीय तेन्जु लामा, ७१ वर्षीय राम बहादुर मगर, ३५ वर्षीय लिसना मगर र ६० वर्षीय गोमा श्रेष्ठ रहेका छन्।

यस्तै, ३९ वर्षीय अम्बिका दाहाल, १० वर्षीय दिक्षित दाहाल, २१ वर्षीय निर्मला राउत, २६ वर्षीय दिल कुमारी हायु, उनका छोरा २२ महिनाको दियांस हायु, ३५ वर्षीय कबिता रेग्मी र १० वर्षीय प्रदिप पौडेल रहेका पूहरीले जनाएको छ।

घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको छ। रामबहादुर मगरलाई भने थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App