समाज

सरकारद्वारा ४३ कर्मचारीको सरुवा १२ उपसचिव र ३१ शाखा अधिकृत फेरिए

नेपाल सरकारले एकैपटक १२ जना उपसचिव र ३१ जना शाखा अधिकृत सहित ४३ जना कर्मचारीको सरुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट यी कर्मचारीहरूको सरुवा गरेको हो।

प्रकाशित: २६ कार्तिक २०८२ ०८:१३ बुधबार