समाज

रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

क्याप्शन

छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति गरेको छ।

बाढीमा फसेका ५० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा चार जना महिला र ४६ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

कार्यालयका अनुसार मध्यान्ह १२:५० बजेको समयमा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको एक जना चिनियाँ पुरुष, १५ जना नेपाली पुरुष र २ जना नेपाली महिला गरी १८ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले झोलुङ्गे पुलबाट हिँडाएर उद्धार गरेको हो।

प्रकाशित: २४ असार २०८२ १३:२७ मंगलबार

#NagarikNews nepalinews