समाज

स्वामी विज्ञानानन्दको 'हिन्दु म्यानिफेस्टो' सार्वजनिक

स्वामी विज्ञानानन्दद्वारा लिखित पुस्तक 'हिन्दु म्यानिफेस्टो' सार्वजनिक गरिएको छ। पुस्तक बिहीबार (आज) काठमाडौंमा सार्वजिनक गरिएको हो। पुस्तक सार्वजनिक गर्ने क्रममा संवार्तासमेत भएको छ। अनिल केशरी शाह र लेखक विज्ञानानन्दबीच पुस्तकले समेटेका विषयवस्तुमाथि छलफल भएको थियो।

पुस्तकले विशेषत: सामाजिक, राजनीतिक र सांस्कृतिक सन्दर्भमा विश्वव्यापी हिन्दु समुदायको लागि एक दृष्टिकोण प्रस्तुत गरेको छ। पुस्तक मुख्यत: सातवटा विषयवस्तुमा केन्द्रित छ।

हिन्दु पहिचान र एकता, हिन्दु मूल्य र धर्म, हिन्दु शिक्षा र ज्ञान प्रणाली , हिन्दु मन्दिरहरू र संस्था, हिन्दु अर्थतन्त्र र उद्यमशीलता, हिन्दु समाज र सामाजिक समरसता र हिन्दु सुरक्षा र सभ्यतागत संरक्षण गरी पुस्तकले मुख्य रूपमा सातवटा विषयवस्तु समेटेको छ।

शाह र विज्ञानानन्दबीच भएको संवार्ता।

प्रकाशित: २० असार २०८२ १८:४८ शुक्रबार

#SwamiBigynananda #AnilKeshariShah #HinduMenifesto #NagarikNews