समाज

गोहीको आक्रमणबाट माछा मार्न गएका माझीको मृत्यु

बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ। यो बिहीबार रातिको घटना हो।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका-८ चित्रसारीका २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो।

बिहीबार राति एक जना साथीसँग माछा मार्न गएका थिए। रासस

प्रकाशित: २० असार २०८२ ०९:३४ शुक्रबार

#Nagariiknews #NepaliNews