राजेन्द्र लुइँटेलको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन सङ्घको नयाँ नेतृत्व चयन भएको छ। यहाँ सम्पन्न सङ्घको तेस्रो महाधिवेशन एवं चुनावी सभामा आगामी दुई वर्षका लागि लुइँटेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।
सङ्घ देशभरका कार्यक्रम आयोजक एवं इभेन्ट व्यवस्थापकहरूको छाता सङ्गठन हो। कार्यसमितिको उपाध्यक्षद्वयमा तृष्णा गुरुङ र समिर लामा, महासचिवमा सोनीतराज ढुङ्गेल, सचिवमा विपीन पोखेरल, कोषाध्यक्षमा मनोज थापा, सहसचिवमा भागिरथकुमार पोखरेल र सहकोषाध्यक्षमा सपना राई छानिएका छन्।
त्यस्तै कार्यसमिति सदस्यहरूमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहुल ब्ञ्जाडे, पूजा रेग्मी र लोमस कार्की निर्वाचित भए निर्वाचन अधिकृत अधिवक्ता केशव पोखरेलले बताए। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले उनीहरूलाई बधाई तथा शुभकामना दिएकी थिइन्।
मुलुकभरका १२० भन्दा बढी इभेन्ट आयोजक तथा कम्पनीको सहभागिता रहेको महाधिवेशनले वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्वगर्भनर डा. सुशिला मल्ललाई सल्लाहकारमा छानिएको छ। सङ्घका निवर्तमान अध्यक्ष लवबहादुर कार्कीलाई संरक्षकका रूपमा सम्मान गरिएको थियो।
प्रकाशित: १६ असार २०८२ १२:५२ सोमबार