समाज

एनआरएनए स्विट्जरल्यान्डको अध्यक्षमा थापा, केन्द्रीय सदस्यमा लामा निर्विरोध

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विट्जरल्यान्डको अध्यक्षमा विष्णु प्रसाद थापा चयन भएका छन्।

संघको आइतबार सम्पन्न १६औँ साधारण सभाले उनलाई आगामी दुई वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा जीवन भट्टराई र राकेश प्रजापति, महासचिवमा यम कौचा मगर, सचिवमा सरस्वती पुन, तथा कोषाध्यक्षमा बिनु सुनवार चयन भएका छन्।

युवा संयोजकमा आशिष् परियार, महिला संयोजकमा बन्दना प्रजापति, तथा सदस्यहरूमा विशाल भण्डारी र राजु अधिकारी रहेका छन्।

गैर आवासीय नेपाली संघ स्विट्जरल्यान्डको आइसिसी सदस्यमा शुभ एल्मर लामा निर्विरोध चयन भएकी छिन्।

स्विट्जरल्यान्डको राजधानी बेर्नमा सम्पन्न अधिवेशनमा नेपाली राजदूत राम प्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रम संघका अध्यक्ष कृष्ण प्रसाद सिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनमा संघका पूर्व पदाधिकारीहरू, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरू तथा नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

अधिवेशनका क्रममा कोषाध्यक्ष बिनु सुनवारले संघको आर्थिक प्रतिवेदन पेश गरेका थिए। निर्वाचन सम्पन्न गर्न प्रमोद भट्ट संयोजक रहने गरी सर्वज्ञया लम्साल, भूमि गुरुङ र शुक्र श्रेष्ठ सदस्य रहेको एक समिति गठन गरिएको थियो।

नयाँ कार्यसमितिको औपचारिक घोषणा आगामी जुलाई १९ तारिखमा गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रमको समापनमा जर्मनी निवासी चर्चित गायक तुलसी शिवाकोटीले साङ्गीतिक प्रस्तुति दिएका थिए।

युरोपभर चर्चित रहेका शिवाकोटीले आफ्ना लोकप्रिय गीतहरूमार्फत दर्शकको मन जितेका थिए।

प्रकाशित: १५ असार २०८२ २३:१९ आइतबार