समाज

काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ!

पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरको काम गरिरहेका व्यवसायी एवं ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको भनिए पनि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले अहिलेसम्म आफूलाई जानकारी नभएको र पक्राउबारे बुझिरहेको नागरिकलाई बताए।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो।

प्रकाशित: १३ असार २०८२ १२:१३ शुक्रबार

#Nagariknews #NepaliNews