समाज

भारतको सहयोगमा युद्धग्रस्त इरानबाट दुई नेपालीको उद्धार

भारतको सहयोगमा इरानबाट उद्धार गरिएका दुई जना नेपाली नयाँदिल्ली आइपुगेका छन् । भारतले इरानबाट आफ्ना नागरिकलाई उद्धार गरी ल्याउने क्रममा उनीहरूलाई पनि ल्याएको हो ।  

नयाँदिल्लीस्थित नेपाली दूतावासले गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई भारत सरकारले इरानबाट उद्धारबाट ल्याएको जनाएको छ । उनीहरू बुटवलतर्फ लागिसकेको नेपाली दूतावासले जनाएको छ ।

केहीदिनअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका नेपाली नागरिकको उद्धारका लागि भारत सरकारसँग सहयोग मागेकी थिइन। जसमा भारत सरकारले सहमति जनाएको थिषे। 

 

प्रकाशित: १० असार २०८२ १८:५३ मंगलबार

#NagarikNews #Iran-Israel War