समाज

काठमाडौं महाननगर विवाद : आगामी आर्थिक वर्षको बजेट नै अनिश्चित

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट समयमा ल्याउन नसक्ने भएको छ ।

यसअघिका आर्थिक वर्षहरूमा बजेट असार १० भित्रै आउने गरेपनि यो वर्ष महानगरको बजेट नआउने श्रोत बताउँछ।

अहिलेसम्म कार्यपालिका बैठक बस्न नसकेकाले बजेट ल्याउन नसकिएको बताइएको छ।  यसअघि ४ असारमा महानगरको कार्यपालिका बैठक बोलाइएको थियो। सो समयमा बैठक बस्न सकेको थिएन। त्यसपछि अहिलेसम्म बैठक बसेको छैन। 

प्रकाशित: १० असार २०८२ १५:३८ मंगलबार

#NagarikNews #KathmanduMetropolitan