सुर्खेतको पञ्चपुरी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेहरूको प्रदेश अस्पताल कालागाउँ उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले बताए ।
बाँकी ६ जनाको उपचार चौकुने गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको उनले बताए । तीन जना गम्भीर घाइते भएका छन् ।
चौकुने गाउँपालिका–६ साल्मबाट पञ्चपुरी नगरपालिका आउन लागेको ट्याक्टर दुर्घटनामा परेको हो ।
प्रकाशित: ८ असार २०८२ १७:१२ आइतबार