समाज

संसद भवनको क्यान्टिनको छतबाट खसेर कामदार घाइते

नयाँबानेश्वरस्थित संघीय संसद भवनको क्यान्टिनमा मर्मतको काम गरिरहेका एक कामदार छतबाट खसेर घाइते भएका छन्।

आइतबार दिउँसो क्यान्टिनको फल्स सिलिङ मर्मत गर्ने क्रममा काभ्रे धुलिखेलका २८ वर्षीय दिपेश तामाङ घाइते भएका हुन्। उनलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनको छाती, टाउको, बायाँ हात र शरीरको बायाँ भागमा चोट लागेको छ।

छानोबाट पानी चुहिने समस्या देखिएपछि मर्मतको काम भइरहेको थियो। सोही क्रममा फल्स सिलिङ भाँचिदा तामाङ तल खसेका थिए।

प्रकाशित: ८ असार २०८२ १६:३२ आइतबार