समाज

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

सुर्खेत पश्चिमको चौकुने गाउँपालिकामा शनिबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

चौकुने गाउँपालिका वडा नं ६ साल्ममा ट्याक्टर दुर्घटना हुँदा पञ्चपुरी नगरपालिका वडा नम्बर-८ का राजु कामी र भवाने कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।

चालकसहित ट्याक्टरमा ११ जना सवार रहेको प्रहरीले जनाएको छ।  दुर्घटनामा घाइते भएका मध्ये  ३ जनालाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ भने बाँकी छ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको छ।

प्रकाशित: ८ असार २०८२ ०६:०७ आइतबार

#NagarikNews #NepaliNews